राजनीति

नेकपाको शक्तिसंघर्ष कहाँ पुगेर साम्य होला ?
२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको छ न त केन्द्रीय समिति बैठक बोलाइने संकेत नै देखिएको छ । तर, सहमतिलाई आफ्नो पक्षमा पार्न नेताहरु दौडधुपमा छन् । श्रावण १३ गतेबाट अनिश्चित बनेको नेकपा स्थायी समितिको बैठकपछि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनतालाई चिर्दै गतिरोध अन्त्यका लागि ६ दिनपछि श्रावण..

आजको बैठकमा कुरा नमिल्दा नेकपा अध्यक्षद्धयबीच चर्काचर्की
२० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा नमिल्दा चर्काचर्की नै भएको छ । डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए । ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए ।..

बामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रचण्ड
२० श्रावण, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामक्ष ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यस यता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको अल्ला चलेका बेला प्रचण्ड गौतम निवास पुगेका हुन् । यस अघि प्रधानमन्त्री ओली पत्नि राधिका शक्य सहित गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका थिए । ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई..

संस्थापन ईतरको चर्को विरोधका वावजुत पनि विभाग विस्तारको अन्तिम तयारीमा देउवा
१९ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विभाग गठन र विस्तारको तीव्र गृहकार्य गरिरहेको छ । सातवटै प्रदेशका प्रतिनिधिले विभागका पदाधिकारी र सदस्यको नामावाली सङ्कलन गरी पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । प्रदेश–१ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश–२ बाट आनन्द ढुङ्गाना, बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश–५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका थियो..

बालकोट पुगेर ओलीको शन्देश ‘पाँच वर्षसम्म सरकार ढल्दैन’
१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । आज मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् । उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् । आजै बिहान बालुवाटारमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच..

ओली–दाहालबीच भेटवार्ता सम्पन्न, आज पनि कुरा मिलेन
१९ श्रावण, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन् । अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका..

नेकपा कुनैपनि हालतमा फुट्दैनः सुवास नेम्वाङ
१९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाउनुभएको छ । नेकपा कुनैपनि हालतमा नफुट्नेसमेत उहाँको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनमा कुरा गर्दै नेता नेम्वाङले यस्तो बताउनुभएको हो । हिजो अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको वार्ता पनि सकारात्मक भएको उहाँले बताउनुभयो । अध्यक्षद्धयबीचको छलफल र संवादले नै नेकपाको विवाद..

तीन दिनपछि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु
१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनको अन्तरालपछि छलफल पुनः सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो । एकपक्षीय रुपमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । सो अवधिभर अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुई नेताबीच आज पुनः छलफल सुरु..

बामदेव गौतमबाट धोका भएको प्रचण्ड-माधव समुहको निष्कर्ष
१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरीक विवाद्धलाई तत्काका लागि समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव गरेको ६ बुंदे प्रस्ताव स्विकार्य नरहेको प्रचण्ड–माधव नेपाल समुहले बताएका छन । प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम ‘यु टर्न’ भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति..

कम्युनिस्ट सरकारले कामको ‘मेसो’ नै पाएनन्ः रामचन्द्र पौडेल
१७ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले कामको मेसो नै नपाएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले केही गर्न नसकेको भन्दै आफू भएको भए मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने बताउनुभएयो । मौका पाउने हो भने आफूले..