प्रदेश–२ का मुख्यमन्त्रीलाई हटाउन भारतीय ‘एजेन्ट’ सक्रिय

प्रदेश–२ का मुख्यमन्त्रीलाई हटाउन भारतीय ‘एजेन्ट’ सक्रिय

१७ असोज, जनकपुरधाम । अहिले भारतका लागि ‘मधेश कार्ड’ पनि प्रतिकूल बन्दै गइरहेकोले उसको ध्यान मधेशी दलहरुको नेतृत्वमा रहेको प्रदेश–२ सरकारका विरुद्ध लक्षित हुन थालेको छ ।

सो कार्यका लागि अहिले भारतको ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस) ले नेपालमा पनि आफ्नो सक्रियता बढाएको बुझिएको छ । आरएसएस भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको समेत मार्गदर्शकका रुपमा रहेको कट्टर राष्ट्रवादी हिन्दु संगठन हो । भारतमा भाजपाका सरकार सञ्चालनदेखि पार्टी सञ्चालनसम्ममा आरएसएसकै मुख्य भूमिका रहने गरेको छ ।

स्रोतका अनुसार अहिले नेपालमा आरएसएसको मुख्य एजेण्डा नै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने बनेको छ । सोही प्रयोजनका लागि भाजपाको नेपाल सेलमा काम गरिसकेका विनय यादवको अध्यक्षतामा राष्ट्रिय एकता अभियान थगठन भएको र सोही अभियानमार्फत गतिविधिहरु अघि बढाइएका छन् ।

आरएसएसले सुरुदेखि नै प्रदेश–२ मा मुस्लिम समुदायका राउत मुख्यमन्त्री भएको हेर्न चाहेको थिएन । परिस्थितिवस् राउत मुख्यमन्त्री भएपछि उनको विकल्पका बारेमा पहल गर्दै आएको आरएसएसले राजनीतिक सम्बन्धका आधारमा आफ्नो उद्देश्य पूरा गर्न नसकेपछि नेपालमा आफ्नो संगठन नै खडा गर्न लगाएर आफ्नो प्रभाव बढाउन खोजेको हो ।

यतिखेर राष्ट्रिय एकता अभियानले प्रदेश–२ सरकारको खुलेर विरोध गर्ने गरेको छन् । उसले चीनको पनि विरोध गरिरहेको छ । तर राष्ट्रियता, गणतन्त्र र हिन्दु राष्ट्रका लागि भन्दै खोलिएको अभियानले मूलतः आफ्नो गतिविधि र विरोध अभियानहरुको तारो मुख्यमन्त्री राउतको राजीनामाको मागमा केन्द्रीत गर्दै आएको छ ।

नेपालमा आरएसएसको शाखा छैन तर आफ्ना सबै गतिविधि हिन्दु स्वयंसेवक संघमार्फत गरिरहेको छ । हिन्दु स्वयंसेवक संघ नेपालमा दर्ता भएको एक स्वतन्त्र संगठन हो । हिन्दु स्वयंसेवक संघजस्तै आरएसएसले राष्ट्रिय एकता अभियानलाई पनि अगाडि बढाएको छ । स्रोत भन्छ, ‘नेपालमा सो अभियानमार्फत जे जति कार्यक्रम हुन्छ, त्यो आरएसएसकै आधिकारिक कार्यक्रम हो भनेर बुझ्दा हुन्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270