सरकार आफै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव

सरकार आफै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव


३० मंसिर, काठमाण्डौँ । सरकार नै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लागेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनुभएको छ । संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको उहाँले बताउनुभएको छ ।

संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेशमार्फत देश चलाउनु लोकतन्त्र खतरामा रहेको संकेत भएको उहाँले बताउनुभयो । यादवले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय भएको तर सरकारले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याई संसदको गरिमालाई समाप्त पारिरहेको आरोप समेत लगाउनुभयो ।

उहाँले संवैधानिक परिषद्को बैठकबाट सभामुखलाई अलग गर्नु भनेको संसदको गरिमालाई नमान्नु हो भनि प्रतिकृया दिनुभयो । त्यस्तै, जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यादेशअघि नै संसद अधिवेशन बोलाउन माग गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर