ओलीको पछिल्लो कदम अलोकतान्त्रिक छः सभापति देउवा

ओलीको पछिल्लो कदम अलोकतान्त्रिक छः सभापति देउवा


३० मंसिर, काठमाण्डौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिनुभएको छ ।
उहाँले अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य हुने भन्दै बैठकमा सहभागी नहुने बताउनुभएको हो । ‘अलोकतान्त्रिक कार्य भएको छ । म बैठकमा जाँदिनँ । यो कदमको विरोध गर्दछु र विस्तृत रुपमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’ उहाँले भन्नुभयो ।

नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर