२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेटेर अध्यादेश फिर्ता लिने बताउनुभएको छ । राष्ट्रपतिलाई एक पटक भेटेरमात्र अध्यादेश फिर्ता गर्ने नेकपाका आर्का अध्यक्ष प्रचण्डलाई प्रधनमन्त्री ओलीले बताउनुभएको स्रोतले जनाएको छ ।
हिजो आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभएको थियो । तर, आज ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित हुँनुभएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले प्रचण्डलाई एकचोटि राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिउँला भन्ने जवाफ दिएको स्रोतको भनाई छ ।
प्रचण्डले भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले आजै ५ बजे बोलाइएको संवैधानिक परिषदको बैठक भने स्थगन गर्नुभएको छ ।