नेकपा अध्यक्षबाट ओलीलाई हटाउने भनी गरेको निर्णय हास्यास्पदः प्रदीप ज्ञवाली

नेकपा अध्यक्षबाट ओलीलाई हटाउने भनी गरेको निर्णय हास्यास्पदः प्रदीप ज्ञवाली


७ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेकपा अध्यक्षबाट केपी ओलीलाई हटाउने भनी गरेको कारबाहीलाई ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।

ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले यो हास्यास्पद कुरा भएको बताउनुभयो ।

उहाँले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताउनुभयो ।

आज नेकपामा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड–माधव नेपाल समूहले थापाथलीस्थित कार्की बैकेटमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई जिम्मा दिने निर्णय गरेको छ भने, प्रचण्ड–माधव समूहले अध्यक्ष ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर