प्रचण्ड–माधव पक्षद्धारा प्रचण्डलाई संसदीय दलको नेतामा चयन

प्रचण्ड–माधव पक्षद्धारा प्रचण्डलाई संसदीय दलको नेतामा चयन


८ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएकोेमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो ।

संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रचण्डले आफूले ठूलो जिम्मेवारी पाएको भन्दै लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीय संसद जिवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने बताउनुभयो ।

उहाँले सवैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर