कांग्रेसले नयाँ सरकार निर्माणको विषयमा तत्काल निर्णय नगर्ने

कांग्रेसले नयाँ सरकार निर्माणको विषयमा तत्काल निर्णय नगर्ने


१३ फाल्गुन, काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले नयाँ सरकार निर्माणको विषयमा तत्काल निर्णय नगर्ने बताएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधीकारी र पूर्व पदाधीकारीहरुको बैठकमा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय नेकपाको हातमा रहेको भन्दै अहिले हतारमा निर्णय गर्न अनुपयुक्त हुने निष्कर्शमा पुगेको जनाएको छ ।

बैठकमा संसदीय प्रक्रिया अघि नबढेसम्म सत्तासहकार्यमा गर्ने निर्णय गर्न हतार गर्न नहुने धारणा उठेको छ । बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा जाने, अविश्वासको प्रस्तावमा सघाउने लगायतका विषयमा कांग्रेसले तत्काल निर्णय नलिने बताउनुभयो ।

बैठक सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेपछिको अवस्थामा पार्टीको धारणा तयार गर्न बसेको थियो । बैठकमा कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने धारणाहरु सार्वजनिक भएका थिए ।

सत्ता समिकरणको विषय सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने बेला नभएको ठहर गरेको हो । बैठकमा नेकपाको दुई समूहबाट आएका अफरहरुको विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर