१३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फाल्गुन २० गते फैसला गर्ने भएको छ ।
आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फाल्गुन २० गतेलाई तोकेको सर्वाेच्च अदालतका एक अधिकारीले बताए ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वाेच्चमा समेत रिट दायर गरेका थिए ।