नेपाली कांग्रेस महासंकटमा !

५ फाल्गुन, काठमाण्डौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फाल्गुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न..

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरीएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ । गएराति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको स्रोतले..

म बाहेक अरुले देउवाजीलाई हराउन सक्दैनः शशांक कोइराला

५ फाल्गुन, काठमाण्डौँ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई आफूलेमात्र पराजित गर्न सक्ने दावी गर्नुभएको छ । लमहीमा मंगलबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताउनुभयो । उहाँले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताउनुभयो । महाधिवेशनमा देउवालाई..

देउवाले केन्द्रीय समिति बैठक डाकेपछि पौडेल पक्षको भेला स्थगित

४ फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको छ । सभापति देउवाको कार्यकाल सकिन लागेको, महाधिवेशन मिति फाल्गुन ७ गतेदेखि भने पनि उक्त समयमा महाधिवेशन नहुने निश्चित भइसकेको अवस्थामा आवश्यक रणनीति लिन र सभापति देउवालाई दवाव दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला डाकेको थियो । सभापति देउवाले बुधबारकै लागि केन्द्रीय समिति बैठक डाकेपछि जिल्ला..

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्

१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..

प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुनेछः रामकुमारी झाँक्री

२७ माघ, काठमाण्डौँ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । गत माघ १६ गते गोर्खामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर झाँक्रीलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउ गरेर झाँक्रीलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो । नेत्री झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि..

प्रचण्डको खुलासा पछि वालुवाटारमा खैलाबैला !

२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ । प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताउनुभएको थियो । उहाँले हिजो भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता..

मैले सूर्यबाहेक अरू चिह्नबाट चुनाव लडेको छैनः प्रधानमन्त्री ओली

२७ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यलय पुग्नुभयो । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका..

नेकपा विभाजनको असरः ६ वटै प्रदेशका मुख्यमन्त्री संकटमा

२७ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर अब प्रदेश सरकारमा पनि परेको छ । २ नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद अहिले संकटमा परेको छ । नेकपा ओली पक्ष र दाहाल–पक्षबीच अहिले आरोप–प्रत्यारोप चलिरहेको छ । गत पैष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित बनेको छ । प्रधानमन्त्री ओलीले आफूले चालेको कदम सही र संवैधानिक भएको दाबी गरिरहेका छन्..

प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय जादै

२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा उपस्थित हुनुहुँदै छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहनुभएका ओली जानुभएको थिएन् । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जाने उहाँको सचिवालयले जनाएको छ । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु..