अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा

१ माघ, इलाम । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटीको घोषणा गरिएको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीले एक विज्ञप्ती जारी गर्दे सो जानकारी दिएको हो । गत पौष २८ गते अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुलीको अध्यक्षतामा र अनेरास्ववियू केन्द्रिय कमिटी कार्यलय सदस्य रस्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाबाट सो आयोजक कमिटीको घोषणा गरिएको विज्ञप्तीमा जनाईएको छ । अनेरास्ववियू इलामको ९९ सदस्य जिल्ला सम्मेलन..

नेकपा विवादले राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाड्यो

१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरूको लेबी काटिन छाडेको छ । नेकपाका सांसदहरूको तलबबाट मासिक १२ हजार रुपैयाँ लेबी काटिएर पार्टीको बैंक खातामा जाने गरेको थियो । तर, यसपटक लेबी नकाटेरै संघीय संसद सचिवालयले तलब पठाएको जनाएको छ । केही साता अघि प्रचण्ड–माधव समूहका १९ जना सांसदले पत्र लेखेर संसद सचिवालयलाई लेबी नकाटिदिन आग्रह गरेका थिए । त्यसबाहेक अन्यको पनि कता पठाउने हो भन्ने यकिन नभएपछि..

देउवालाई दाहाल–नेपालको प्रस्तावः राजनीतिक लेनदेनसहित संसद पुनःस्थापनामा लागौँ !

१ माघ, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भट्नुभएको छ । स्रोतका अनुसार हिजो साँझ दुई घण्टाको भेटमा दुई नेताबीच समिकरण बनाएर जानेबारे छलफल भएको थियो । साँझ ६ बजे देखि ८ बजेसम्म भएको भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद पुनःस्थापनामा एकजुट भएर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो । अदालतको फैसला जेसुकै भएपनि संसद पुनःस्थापनाको पक्षमा मिलेर..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट

१ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाँदैहुनुन्छ । उहाँ तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसक्नुभएको छ । नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै..

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेव गौतमको आव्हान

२५ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन आव्हान गर्नुभएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा आज विज्ञप्ति सार्वजनिक गर्दै नेकपा नेता कार्यकर्ताहरुलाई गौतमले भन्नुभएको छ, ‘तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।’ उहाँले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र..

चार पूर्वप्रधानन्यायाधीशको निश्कर्षः प्रधानमन्त्री ओलीको कदम असंवैधानिक !

२४ पौष, काठमाण्डौँ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताउनुभएको छ । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्काे अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको ब्यहोरा वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नै पार्टीका केही..

प्रचण्डलाई ओलीको कटाक्षः बुहारीवाला पार्टी होईन

२४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको आरोप लगाउनुभएको छ । धनगढीमा नेकपाको आफ्नो समूहको सभामा बोल्दै ओलीले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा लान केन्द्रित भएको आरोप लगाउनुभएको हो । ‘जसलाई छोरीहरु र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति संकेत गर्दै भन्नुभयो, ‘ध्यान कता छः छोरी बुहारी, भाई भतिजा, आफन्त, भाञ्जो, साली, नाति ।’ उहाँले आफ्नो..

अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वमदेवको भनाई

२३ पौष, काठमाण्डौँ । विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक विहीवारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको अरोप लगाउनुभयो । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजिनामा दिने थिएँ भन्नुभयो । गौतमले भन्नुभयो–‘म पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन..

सबै जिल्लामा नेकपाको कित्ताकाट (सबै जिल्लाको विवरण सहित)

२२ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहबाट सुरु भएको विभाजन तल्लो तहसम्म पुगेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन् । धेरैजसो जिल्ला कमिटीका पदाधिकारी प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। । जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई भने कतै खुलेका छैनन् । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट..

संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा

२२ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशले नबस्ने घोषणा गरेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गर्नुभएको हो । कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उहाँ विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसक्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उहाँले यसबारे प्रश्न उठाउनुभएको थियो..