आरजु राणालाई पराजित गर्ने कैलालीका नारदमुनि राना वन मन्त्री

आरजु राणालाई पराजित गर्ने कैलालीका नारदमुनि राना वन मन्त्री


२७ जेष्ठ, काठमाण्डौँ । शेरवहादुर देउवापत्नी आरजु राणालाई पराजित गरी कैलालीबाट निर्वाचित नेता नारदमुनि राना मन्त्री वन तथा वातावरण मन्त्रीमा नियुक्त बन्नुभएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गर्नुभएको र रानाले पद स्वीकार गरेको बताईएको छ ।

रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गर्नुभएको थियो ।

चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर