२७ जेष्ठ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल हुनुभएको छ ।
सर्वोच्च अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल हुनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाउनुभएको स्रोत बताउछ ।
प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा बादलपत्नी नैनकला सूचना प्रविधि तथा सञ्चारमन्त्री नियुक्त हुनुभएको छ ।