सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गर्ने जसपा (उपेन्द्र समुह)को निर्णय

सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गर्ने जसपा (उपेन्द्र समुह)को निर्णय


३ असार, काठमाण्डौँ । । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको बताईएको छ ।

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिंदै आएका चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुलाई यसअघि पदमुक्त गरिए पनि सर्वाेच्च अदालतले पुनर्बहाली गरेको छ ।

यस्तै पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा जाने निर्णय जसपाले गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।

यसअघि १७ जेठमा ठाकुरसहित नेताहरुलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता दिएको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर