कर्णाली प्रदेश सरकार जोगाउन माधव नेपाल समुहका ४ सांसद सक्रिय

कर्णाली प्रदेश सरकार जोगाउन माधव नेपाल समुहका ४ सांसद सक्रिय

१ असार, काठमाण्डौँ । कर्णाली प्रदेश सरकार जोगाउन पुनर्बहाली भएका नेकपा एमालेका चार सांसद सक्रिय भएका छन् । उनीहरु संसदीय दलको बैठकमा समेत अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन एमाले संसदिय दलको तर्फबाट पत्राचार गरिएको थियो । बैठकका लागि आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरु बैठकमा उपस्थित नहुने भएका हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपश्चात मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेको एक सांसदले बताए ।

३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जोखिम टरेको छ । यदी सरकारले पेश गरेको निति तथा कार्यक्रम संसदबाट पास नभए नैतिकताको आधारमा मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने हुन्छ । तर एमाले माधव नेपाल समुहका चार सांसद संसदमा उपस्थित नहुने भएपछि एमाले एक्लैले बजेट फेल गराउन बहुमत पुर्याउन सक्दैन । यसले गर्दा मुख्यमन्त्री महेन्द्रबहुर शाहीलाई राहत मिलेको छ ।

पार्टीको ह्वीप विपरित फ्लोर क्रसगरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरि कारबाही गरेको थियो । तर, सर्वाेच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएपछि संसदीय दलको आजको वैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सांसद बैठकमा अनुपस्थित हुने भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर