गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने


२ असार, कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र थप मन्त्री परिषद् विस्तार गरिने बताईएको छ । अहिले मुख्यमन्त्री बाहेक तीन राजनीतिक दलबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई विना विभागीय मन्त्री बनाईएको छ ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ । अव विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ हुने बताईएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।

स्रोतका अनुसार ४ गते विश्वासको मत लिन जनाईएको छ । गण्डकीमा ११ मन्त्रालय छ । अहिले ५ मन्त्री मात्रै नियुक्त भएका छन् । बाँकी मन्त्री नियुक्तीका लागि राजनीतिक पार्टीभित्र छलफल चलिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर