हस्ताक्षर फिर्ता बारे आन्तरीक छलफल गर्दै माधव समुह

हस्ताक्षर फिर्ता बारे आन्तरीक छलफल गर्दै माधव समुह


१९ असार, काठमाण्डौँ । नेकपा (एमाले)का माधव कुमार नेपाल समुह आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहति २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेता नेपाल अब के गर्ने भन्नेबारे निर्णय लिनको लागि आन्तरिक छलफलमा जुटेका हुन् ।

नेता नेपालनिकट नेता सोमप्रसाद पाण्डेले नेता नेपाल कोर टिमसँग छलफलमा जुटेको पुष्टि गर्नुभयो । उहाँले पार्टी एकताको लागि दुवै तर्फबाट गम्भीर पहल भैरहेको जानकारी दिनुभयो । तर, नेता नेपालनिकट नेताहरुले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने उद्घोष गरिसकेका छन् ।

हिजो मात्र नेपाल समुहकी नेतृ रामुकमारी झाँक्रीले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने दावि गर्नुभएको थियो । उहाँले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने उद्घोष गर्नुभएको थियो ।

नेपाल पक्षधर युवा नेताहरु भने अब निशर्त एमालेमा फर्कनुपर्ने पक्षमा उभिएका छन् । युवा नेताहरु ओलीसँग नजिकएपछि नेता नेपाललाई पनि अहिले दबाब परेको छ । आजको छलफलपछि अब के गर्ने भन्नेबारे नेता नेपालले निर्णय लिने जनाईएको छ । अध्यक्ष केपी शर्मा ओलीले भने तोकिएकै समयमा हस्ताक्षर फिर्ता नलिईए अब एमालेको एकता असम्भव रहेको हिजोको बैठकमा ब्रिफिङ गरिसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर