सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छः कांग्रेसका प्रवक्ता शर्मा

सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छः कांग्रेसका प्रवक्ता शर्मा


२० असार, काठमाण्डौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताउनुभएको छ । आज विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वाेच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको बताउनुभयो । न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै नभएर त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिने उहाँले भन्नुभयो । त्यसैले त्यो राख्ने कर्तव्य अहिले पनि संवैधानिक इजलासका न्यायमूर्तिहरु रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताउनुभयो । उहाँले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर