हस्ताक्षर फिर्ता नभए एमाले एकता सम्भव छैनः प्रधानमन्त्री ओली

हस्ताक्षर फिर्ता नभए एमाले एकता सम्भव छैनः प्रधानमन्त्री ओली


१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब एमाले अगाडि बढ्ने उद्घोष गर्नुभएको हो ।

ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गर्नुभयो । ‘जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?’ उहाँले भन्नुभयो–‘सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन ।’

मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ, ती पार्टी कार्यकर्ता नहुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतको प्रसङ्ग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरू कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संलग्न हुनेहरू कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताउनुभयो ।

मान्छेबाट गल्ती हुन सक्ने र गल्तीलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समय सम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर