अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध

अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध

काठमाडौं, २५ चैत ।
नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडान सरकारले बैशाख ३ गतेसम्म लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । १५ दिन थप गर्दै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको हो ।

सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको हो । तर नेपालबाट यात्रु लिएर जानका लागि भने विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् ।

नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो । आन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर