माङसेबुङ, २५ चैत्र ।
काेराेना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशभर लकडाउन घाेषणा गरिएक छ । लकडाउन घोषणसँगै शहरमा मात्र नभएर गाउँघरमा पनि जनजीवन प्रभावित बनेको छ ।
माङसेबुङ गाउँपालिका वडा नं। ६ र मिर्मिरे सास्कृतिक प्रतिस्ठान पञ्चमीको संयोजन साथै स्थानिय समाजसेवि तथा नेकपा माङसेबुङ गाउँ समितिका अध्यक्ष समेत रहनुभएका हेमन्त राईको अगुवाईमा माङसेबुङमा वार्ड नंं ४ मा करिब ४ सय ५० घरधुरीमा अर्गानिक हरियो सागसब्जि वितरण गरिएको छ ।
५ सय मुठा हरियो रायोसाग, ३ सय मुठा जरिङगो र २ सय ५० पोका सिस्नु वितरण गरिएको हेमन्त राईले बताउनुभयो । हरियो सागसब्जि सिङफेरे, तिनदोभाने, मर्चेबुङ, सिमल्टार ,बनेली, झिल्के, चारपैरे लगायत को ठाउहरुमा वितरण गरिएको हो ।