गृहखबर, २५ चैत्र ।
कोरोना भाइरस (कोभिड १९)का कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको छ । वल्डोमिटरका अनुसार समाचार तयार पार्दासम्म विश्वमा १३ लाख ७८ हजार ६ सय ७६ जना संक्रमित रहेको छ ।
विश्वमा कोरोना संक्रमण देखिएपछि पनि २ लाख ९४ हजार ३ सय ५५ जना निको भइसकेको छ । अमेरिका, स्पेन, इटली लगायतका देशहमा संक्रमणको संख्या बढ्दै गएको र मृत्यु समेत दैनिक रुपमा उच्च भइरहेको देखिन्छ ।
नेपालमा भने ९ जनामा कोरोना संक्रमण देखिएको जसमा १ जना निको भइसकेको छ । बाँकिको उपचार भइरहेको छ । सरकार यतिबेला सकभर संक्रमण फैलिन नदिन र फैलिहाले पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा रहेको बताइरहेको छ ।
जसका लागि मुलुकभर ३० हजार ५ सय ६६ जना अटाउने क्वारेन्टाइनको व्यवस्था गरिएको छ जसलमा हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको छ । अझै पनि सरकाले २१ हजार ३ सय ९८ जनालाई क्वारेन्टाइनमा अटाउन सक्ने व्यवस्था गरिसकेको छ ।
३ हजार २ सय ५९ वटाको आइसोलेसनको व्यवस्था गरिएको छ । जसमा मुलुकभर ९५ जना मात्र उपचार गराइरहेको छ भने ३ हजार १ सय ६१ वटा आइसोलेसन कोरोना भाइरस संक्रमित नयाँ व्यक्ति भेटिएमा उपचार गराउन तयारी अवस्थामा रहेको छ ।