एसियाको आर्थिक वृद्धिदर शून्यमा आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

एसियाको आर्थिक वृद्धिदर शून्यमा आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

४ वैशाख, काठमाडौँ । एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने सक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) ले गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एसियाको आर्थिक वृद्धिदर ६० वर्षयता नै पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो ।

विश्व अर्थतन्त्रको लागि निकै अन्योलपूर्ण र चुनौतीपूर्ण समय रहेको आई.एम.एफ. एसिया प्यासिफिकका निर्देशक चाङयोङ रिहीले बताएका छन् । यो अवस्थामा एशियाली मुलुकहरुको अर्थतन्त्रमा सुधारकालागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने चाङयोङको भनाइ छ ।

सन् २००८को वित्तीय संकटयता यता एसियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको छ । प्रभावकारी कदम चाल्न सकेको खण्डमा भने सन् २०२१ मा एसियाको अर्थतन्त्रमा सुधार हुन सक्ने आई.एम.एफ.ले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर