१९ श्रावण, इलाम । झापा र भारतसंग सिमा जोडिएको इलामको रोङ गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आफ्ना मुख्य बजार क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।
रोङ ३ को कुटिडाँडा र रोङ ४ को जोरकलश बजार अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । कोरोना जोखिम बढेको कारण होटल तथा पसलहरु बन्द गरिएको बताइएको छ ।
त्यसैगरी गाउँपालिकाले स्वास्थ्य शुरक्षाका लागि स्वास्थ्य सामाग्री खरिद गर्ने भएको छ । कार्यपालिकाको बैठकले भिटिएम किट, माक्स, सेनिटाइजर लगायतको सामाग्री खरिद गर्ने निर्णय गरेको हो ।
यस्तै गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु इलाम र झापा बाहेकका जिल्लामा नजाने तर जानै पर्ने भएमा गाउँपालिकाको अनुमति लिएर मात्रै जाने गरीको निर्णय भएको सामाजिक बिकास समितिका संयोजक एव वडा नम्बर ५ का वडाअध्यक्ष युवराज खाप्तुवाले जानकारी दिनुभयो ।