शिवशताक्षी नगरपालिका भित्रका साप्ताहिक हाट बजार बन्द

शिवशताक्षी नगरपालिका भित्रका साप्ताहिक हाट बजार बन्द

२१ श्रावण, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ । कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको हिजो बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार आजदेखि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाका विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सातामा लाग्ने बजार भदौ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

नगर भित्र रहेका झिलझिले बजार सोमबार, दुधे बिहीबार, माईधार मंगलबार, शिवगञ्जमा आइतबारका दिन बजार लाग्दै आएको थियो । साप्ताहिक बजार बन्द भएपनि स्थायी पसल भने खुल्ला हुने छज् । खोलिएका पसलमा सामाजिक दुरी कायम राख्नका लागि अनिवार्य गोलो घेरा बनाइनुपर्ने, विक्रेता र क्रेताले अनिवार्य माक्स लगाएको हुनुपर्ने, पसलमा सेनिटाईजर वा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हुनुपर्ने समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर