१४ श्रावण, धनकुटा । केही दिन देखी जारी अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खस्दा कोशी लोकमार्ग अवरुद्ध बनेको छ ।
कोशी लोकमार्ग अन्तर्गत पर्ने धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुुुुटा नगरपालिका–६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायतको दर्जर्नाै स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
विहानै देखी अवरुद्ध सडक खुलाउन स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको भएपनि केही समय लाग्ने सशस्त्र प्रहरी बल हेडक्वाटर नं. ६ गुल्म धनकुटाका प्रमुख डिएपी सचिन कर्माचार्यले बताउनुभयो ।
राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारी साधन जाममा परेका छन् । त्यस्तै, लगातारको वर्षाको कारणले कोशी लोकमार्गका एक दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको छ ।
गर्जुवा, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरी लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । सडक माथि थुप्रिएको पहिरो हटाउन डिभिजन सडक कार्यालयको स्काइभेटर प्रयोग गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।