सुखानीको विकासका लागि सरोकारवालाहरुको प्रतिबद्धता

२२ भाद्र, इलाम । दक्षिणी इलामको माई नगरपालिका–४ मा रहेको सुखानी शहीद सहादत स्थलको विकासका लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवा संघ नेपाल र सुखानी शहीद सहादत स्थल समितिकोे संयोजनमा भएको भेलामा सरोकारवालाहरुले विकाशका लागि प्रतिवद्धता जनाएका हुन् । इलामका प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा माई नगरपालिकाका प्रमुख दीपक थेवे, उपप्रमुख बिष्णुमाया आचार्य लगायतको सहभागिता रहेको थियोे । भेलामा सहभागीहरुले विकासको..

बीएण्डसी अस्पतालका एक डाक्टर सहित ११ नर्समा कोरोना संक्रमण

२१ भाद्र, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका एक डाक्टर र ११ जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल प्रसासनले जनाएको छ । संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो । सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ ।

जङ्गलमा लुकाएर राखेको तीन लाख मुल्यवरावरको काठ बरामद

२१ भाद्र, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको चारकोशे जङ्गलमा लुकाएर राखेको ५७ किवी गोलिया काठ बरामद भएको छ । प्रहरी चौकी तालतलैयाका असई देवी रमण तिम्सिनाको कमान्डको टोलीले इटहरी–३ याक्थुङ चौकदेखि केही मिटर पर जङ्गल भित्रबाट काठ बरामद गरेको हो । तस्करको समूहले उक्त काठ जङ्गलमै चिरानी गरी लोड गर्न तयारी गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीको टोली देख्नसाथ तस्करहरू भने फरार भएको असई तिम्सिनाले जानकारी दिनुभयो..

धनकुटाका युवाहरु ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथ सामाजिक कार्यमा

२० भाद्र, धनकुटा । धनकुटा नगरपालिका–१ ओक्मालुङका युवाहरुले आज ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथमा लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा लुङ्गधाङ्ग झर्ना जाने बाटो सरसफाइ गरेका छन् । ओक्मालुङ यूवा क्लबका अध्यक्ष उत्सव राईको नेतृत्वमा नगरको पर्यटकिय स्थल लुङ्गधाङ्ग सात तले गुफा र लुङ्गधाङ्ग झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावत गर्न सजिलो होस भन्ने उद्देश्यले बाटो सरसफाई गरेको लुङ्गधाङ्ग धार्मिक सात तले गुफा व्यवस्थापन समितिका सल्हाकार एंवम् नेकपा..

सोलुखुम्बुमा ८२ प्रतिशतभन्दा बढी घर पुनःनिर्माणको काम सम्पन्न

२० भाद्र, सोलुखुम्बु । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशतभन्दा बढी घर निर्माण भएका छन् । जिल्ला भरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६ सय ७३ घर प्रमाणित भएकोमा पुन निर्माणतर्फ १२ हजार ४ सय २८ र प्रबलीकरणतर्फ एक हजार दुई सय ४५ घर रहेका थिए । पुन निर्माणमा परेका भूकम्प पीडितमध्ये असारको अन्त्यसम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार २ सय ४० पीडितले तेस्रो किस्ता..

यातायात मन्त्री नेम्बाङको कोरोना रिपोर्ट नेगेटिभ

२० भाद्र, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मन्त्रालयका उच्च अधिकारीमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री नेम्बाङको पनि शुक्रबार परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । मन्त्री नेम्बाङका प्रेस संयोजक सन्दिप राईका अनुसार मन्त्रीको पिसिआर परीक्षण रिपोर्ट हिजो साँझ नै आएको हो । मन्त्रालयका अन्य कर्मचारी, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको परीक्षण रिपोर्ट आउन बाँकी रहेको संयोजक राईले गृहखबरलाई जानकारी दिनुभयो ।..

झापाको कमल गाँउपालिकाबाट लागूऔषध सहित दुई जना पक्राउ

२० भाद्र, झापा । झापाको कमल गाँउपालिका–७ बाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन । हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाई प्रहरीले चेकजाँज गर्दा लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२०..

पर्यटकको आकर्षण बढाउन घरघरमा गमला बितरण

२० भाद्र, इलाम । इलामको देउमाई नगरपालिकामा पर्यटकको आकर्षण बढाउन फुल रोप्न उत्साहित पार्ने अभियान अन्तर्गत घरघरमा निःशुल्क गमला बितरण गरिएको छ । जितपुर सामुदायिक सिकाइ केन्द्र देउमाइ–८ इलामको ब्यवस्थापन तथा संयोजनमा यो अभियान संञ्चालन गरिएको बताईएको छ । देउमाइ नगरपालिकाको वडा नं ८ जितपुरे बजारबाट वडा नं ९ को नवमी बजारसम्म मुख्य सडकले छोएका प्रत्येक घरमा गमला बितरण गरिएको हो । गमला बितरण कार्यक्रममा इलाम जिल्ला समन्वय समिती प्रमुख..

इलामको गजुरमुखी धाममा हावाहुरीका कारण लाखौँ रुपैँयाको क्षती

२० भाद्र, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ मा रहेको धार्मिक स्थल गजुरमुखी धाममा गएराति आएको हावाहुरीले क्षती पुर्याएको छ । गएराती अन्दाजी पौने २ बजेतिर आएको हावाहुरी कारण धाम क्षेत्रका रुखहरु भाचिएका छन्, लडेका छन् । रुख लड्दा ढुङ्गा पल्टिएर धाम प्रवेशद्धार नै अवरुद्ध गरेको छ । मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको छ । सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको..

मंलवारेमा मोटरसाईकलको ठक्करबाट वेवारिसे वृद्धको मृत्यु

११ चैत्र, झापा । झापाको कमल गाउँपालिका ६ मंलवारेमा मोटरसाईकलको ठक्करबाट एक वेवारिसे वृद्धको मृत्यु भएको छ । दमकबाट लखनपुर जादै गरेको मे १० प ७२३० नम्वरको मोटरसाईकलले पाडाजुङ्गी–गौरीगंञ्ज सडक अन्र्तगत मंलवारे बजारमा गएराती ११ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घम्भिर घाईते भएका ति व्यक्तिको दमक स्थित लाईफलाईन अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचारको क्रममा..