दुर्घटनामा घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु

दुर्घटनामा घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु

१३ भाद्र, सुनसरी । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलानका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर उपचारको क्रममा मृत्यु भएको हो ।

कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

सुनसरी प्रहरी प्रमुखका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा आज मृत्यु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर