
२० भाद्र, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्रालयका उच्च अधिकारीमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री नेम्बाङको पनि शुक्रबार परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
मन्त्री नेम्बाङका प्रेस संयोजक सन्दिप राईका अनुसार मन्त्रीको पिसिआर परीक्षण रिपोर्ट हिजो साँझ नै आएको हो ।
मन्त्रालयका अन्य कर्मचारी, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको परीक्षण रिपोर्ट आउन बाँकी रहेको संयोजक राईले गृहखबरलाई जानकारी दिनुभयो ।
मन्त्री नेम्बाङ गत बुधबारदेखि होम क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७