इलामको माई नगरपालिकामा शिक्षकको हत्यारा पक्राउ

इलामको माई नगरपालिकामा शिक्षकको हत्यारा पक्राउ

३ कार्तिक, इलाम । इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका वडा नं. १ का ४५ बर्षिय पदम राई रहेका छन् ।

संघीय प्रहरी इकाई धरानको ‘लैला’ नामक ट्रयाकर कुकुरको सहायतामा पदमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत असोज २९ गते अन्दाजी साढे १० बजेको समयमा पदमबहादुरको आगनमा पुष्पलाको शव फेला परेको थियो ।

घटना लगतै इलामका प्रहरी उपरिक्षक नविनराज राईको नेतृत्वमा टोली घटनास्थल गएर अनुसन्धान सुरु गरेको थियो । धारिलो हतियारले घाँटीको पछाडीको भागमा काटेको देखिएपछि थप अनुसन्धानको लागि लैलालाई झिकाएको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो

शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि घटनामा संलग्न पदमबहादुरलाई खकुरी सहित पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट पदमबहादुरले हत्या गरेको स्विकार गरेको सुवेदीले जानकारी दिनुभयो । मृतक राई अम्लिसे भञ्ज्याङ आधारभुत विद्यालय अध्यापन गराउँदै आएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270