जसपा संम्बद्ध युवा संगठन प्रदेश–१ कमिटीद्वार शुभकामना आदानप्रदान

जसपा संम्बद्ध युवा संगठन प्रदेश–१ कमिटीद्वार शुभकामना आदानप्रदान


७ कार्तिक, झापा। जनता समाजवादी पार्टी नेपाल (जसपा)संम्वद्व युवा संगठन प्रदेश–१ कमिटीको आयोजनामा झापाको कमल गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कमल–३ स्थित केराधापमा बडादशँै, तिहार तथा छैठ पर्वको अबसरमा हिजो (बिहिवार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघको प्रदेश अध्यक्ष रोशन लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा जसपा केन्द्रीय सदस्यहरु नित्यानन्द ताजपुरिया, विश्वानाथ राजवंशी, रामबाबु गिरि, धन प्रसाद गुरुङ, भक्त खेवाङ, मोहित कामती, सुर्य नारायण गणेश, देउकुमार नेम्वाङ, प्रेमदिप थाम्सुहाङ, शिव आचार्य, पुर्व राजपा प्रदेश–१ अध्यक्ष फक्तालुङ योङहाङ, पुर्व समाजवादी पार्टीका प्रदेश सदस्य दिपेस राई, लिम्बूवान राष्ट्रिय समिति मुख्य सचिव केदार धिमाल, पार्टीका झापा जिल्ला अध्यक्षद्ववय दिपेन बाला राई, अनुतसिं राजवंशी, युवाका केन्द्रीय सचिवालय सदस्य निशा श्रेष्ठ, प्रदेश मुख्य सचिव पवन विष्ट, उपाध्यक्ष तोया न्यौपाने, विद्यार्थी केन्द्रीय उपाध्यक्ष संञ्जय राई, महिला केन्द्रीय सदस्य गंगा शेर्मा राई, पार्टीका जिल्ला कोषाध्यक्ष तथा दमक उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, पार्टीका संघिय परिषद सदस्य तथा मोरङ जिल्ला उपाध्यक्ष त्रिलोचन गौतम, महिला प्रदेश उपाध्यक्ष राधिका नेपाल, सुनसरी जिल्ला सदस्य अनुप लिम्बू लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुले शुभकामना मन्तव्य समेत राख्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर