
६ कार्तिक, इलाम । इलाममा सार्वजनिक सवारीसाधनको अनुगनमा कडाई गरिएको छ । सरकारले सवारी साधनहरुलाई यात्रुहरुबाट पहिला नै कामय भएको मात्र भाडा लिन आग्रह गरेपनि ब्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको गुनाशो बढेपछि कडाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, यातायात ब्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको टोलीले सडकमा यसको अनुगमन गरिरहेको छ ।
हिजो वुधबारमात्र इलाम नगरपालिका–७ धोविधारामा एक सय १३ वटा सवारीको अनुगमन गरिएको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । जसबाट पाँच हजार राजश्व संकलन भएको कार्यालय प्रमुख योगेन्द दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मोटर साइकल, ट्याक्सी, बस, अटो लगायत गरेर सात प्रकारका सवारी साधनको चेकजाँच गरिएको थियो ।
यस अगगाडी समेत मेची राजमार्गका बिभिन्न क्षेत्रमा चेकजाँच गरिएको थियो । कोरोना महामारीका बिच कम संख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो । तर लकडाउन खुले पनि सवारीहरुले वढि नै रकम लिने गरेको गुनाशो वढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७