२४ कार्तिक, काठमाण्डौँ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको स्वाब परीक्षणमा उहाँको रिपोर्ट आज पोजेटिभ आएको हो ।
पत्रकार धमलाका अनुसार आफूमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जानकारी दिनुभयो । त्यसमा आज रिपोर्ट पोजेटिभ आएको हो ।
उहाँ होम–आईसोलेशनमा हुनुहुन्छ । उहाँले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गर्नुभएको छ ।
सामाजिक संञ्जाल फेशबुकमाफृत धमलाले आफूलाई संक्रमण भएको जानकारी गराउनुभएको हो ।