४ कार्तिक, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेकपालाई कुनै बिदेशी राष्ट्रले चाहेर पनि फुटाउन नसक्ने बताउनुभएको छ । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा बोल्नुहुँदै मन्त्री भट्टराईले सो कुरो बताउनुभएको हो ।
‘नेकपालाई चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै हो ।’ उहाँले भन्नुभयो–‘नेकपालाई हन्हनी ज्वरो मात्र आएको हो कोरोना भएको छैन, यो सिजनल फ्लुजस्तो मात्र हो । पानी पट्टी गर्नु पर्छ, यो आफै ठिक हुन्छ ।’
मन्त्री भट्टराईले नेकपाका कार्यकर्तालाई दुबै हातमा मसाल नबोक्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘दुवै हातमा पानी बोकौं, पानीले जीवन दिन्छ, आगोले ध्वस्त बनाउँछ । केन्द्रमा आगो बलिरहेको छ । हातमा पेट्रोल बोक्ने कि पानी तपाईंको विचार ।’
प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति झापाका संयोजक मुक्ति पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममाथि प्रदेश सहसंयोजक गणेश पोखरेलले प्रकाश पार्नुभएको थियो । नेकपा झापाको सभाहलमा सपथ ग्रहण कार्यक्रममा सम्पन्न भएको थियो ।