इलामको सोयाकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

इलामको सोयाकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु


१८ जेष्ठ, इलाम । इलाम नगरपालिका ११ सोयाकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । इलाम न.पा. ११ स्थित आले चोकमा ट्रकको ठक्करबाट पैदल हिडिरहेका एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको हो ।

आज विहान करिब ८ः३५ बजेको समयमा विर्तामोडबाट जितपुर गोलिया लिन गइरहेको ना २ ख ९२०५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ८२ बर्षिय पदमबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक चालक पाँचथर हिलिहाङ्ग गाउँपालिका ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङ चिसपानाी प्रहरीको नियन्त्रणमा रहेको इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर