१५ जेष्ठ, काठमाण्डौँ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो ।
त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि रु सात लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने व्यवस्था मिलाएको पनि उहाँले बजेट भाषण मार्फत घोषणा गर्नुभएको छ ।