४ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ निर्वाचित भएका छन् । उनले ६ हजार ६५० मतले प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका ओम नारायण खनालले ३ हजार ७५५ मत मात्र प्राप्त गरे ।
२०७४ को निर्वाचनमा एमालेका प्रदिपचन्द्र राईसंग राजेन्द्र केरुङ ३४४ मतको अन्तरले पराजित भएका थिए ।
एमालेका तर्फबाट प्रदिपचन्द्र राई ३ हजार ४९३ मतले विजयी हुँदा केरुङले ३ हजार १४९ मत मात्र पाएका थिए ।
गाउँपालिका उपाध्यक्षमा भने एमालेकी दिल कुमारी लावती ४ हजार ४५० मत ल्याएर विजयी भईन् । उनका निटतम प्रतिद्धन्दी शुक्र लावतीले ३ हजार ४४२ मत मात्र प्राप्त गरे ।
यसपालीको स्थानिय तहको निर्वाचनमा चुलाचुलीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो । चुलाचुलीमा जम्मा १८ हजार ५ सय ८० मतदाताहरु मध्येबाट १२ हजार ८ सय ९४ मत खसेको थियो ।