दाङको तुलसीपुरमा एमालेका उम्मेद्धारलाई ९६२ मतको अग्रता, गठबन्धनलाई हम्मे–हम्मे

दाङको तुलसीपुरमा एमालेका उम्मेद्धारलाई ९६२ मतको अग्रता, गठबन्धनलाई हम्मे–हम्मे


८ जेष्ठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेद्धारलाई जित्न गठबन्धनलाई हम्मे हम्मे पर्ने देखिएको छ । आइतबार बिहान साढे १० बजेसम्म ३७ हजार ८५२ मत गणना हुँदा मेयरमा एमालेका टिकाराम खड्काले मतान्तर बढाउँदै ९६२ र्पुयाएका छन् । खड्काले १५ हजार ९१७ मत प्राप्त गरेर अग्रता लिइरहँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको १४ हजार ९५५ मात्र मत छ ।

कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धनमा निराशा देखिएको छ । यो उपमहानगरपालिका एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेको स्थानीय तह हो भने कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको निर्वाचन क्षेत्र पनि यही हो ।

उपमेयरमा एमालेकी स्यानी चौधरी करिब ४ हजार मतान्तरले अगाडि बढिसकेकी छन् । उपमेयरमा स्यानीले १५ हजार ०६४ मत पाउँदा गठबन्धनबाट नेकपा एसका जोगबहादुर रानाले ११ हजार ७४ मत पाएका छन् । उपमेयरमा एमालेको जित सुनिश्चित भइसकेको छ ।

यसअघि घोराहीमा पनि एमालेले गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर