७ जेष्ठ, इलाम । इलामको सूर्याेदय नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार रणबहादुर राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनबाट उम्मेद्धवार बनेका नेकपा एकीकृत समाजवादीका राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे । कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए । राई यसअघि पनि सूर्याेदय नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
उपमेयरमा गठबन्धनबाट उम्मेद्धवार बनेका कांग्रेसका दुर्गाकुमार बरालले ११ हजार ८५४ मत ल्याएर विजयी भएका छन् भने एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएका छन् ।