७ जेष्ठ, इलाम । चुलाचुली गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूले पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृत तेजप्रसाद प्रसाईद्धारा निर्वाचित जनप्रतिनिधीरुलाई प्रमाण–पत्र वितरण गरि हिजो साँझनै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती सहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेको चुलाचुली गाउँपालिकाले जनाएको छ ।
हिजो साँझ ७ बजेतिर चुलाचुली पालिकाको प्रसाशकीय भवनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नवनिर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरूङबाट उपाध्यक्ष, वडाध्यक्ष र सम्पूर्ण सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो ।