प्राध्यापक–कर्मचारीले क्याम्पसमा आउने विद्यार्थी निजिमा पठाएको भन्दै क्याम्पस प्रमुखलाई पत्र

२८ असार, झापा । दमक बुहुमुखी क्याम्पसका प्रमुखलाई आज अनेरास्ववियुका विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पसका केही प्राध्यापक र कर्मचारीले निजि शिक्षण संस्थासंग मिलेर नयाँ भर्नाकालागि आएका विद्यार्थीहरुलाई निजि शिक्षण संस्थामा जान सिफारीस गरेको भन्दै अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङ नेतृत्वको टोलीले क्याम्पस प्रमुख डा.नेत्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । निजि शिक्षण संस्थासंग मिलेर क्याम्पसका केही प्राध्यापक र कर्मचारीले नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको व्यक्तिगत विवरण..

सीता दाहाललाई ‘फस्ट लेडी’को हैसियतमा अन्तिम सम्मान दिईने

२७ असार, काठमाण्डौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ । मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको मन्त्री अमनलाल मोदीले जानकारी दिनुभयो । कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित अन्तिम संस्कार गर्ने..

प्रचण्ड पत्नी सिताको पार्थिव शरीर पार्टी कार्यलय पेरिसडाँडामा, आजै अन्त्येष्टि गरिने

२७ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि दुई छोरी भावविह्वल बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा दुई छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका हुन् । आमाको बुधबार बिहान निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाल काठमाडौँ आएकी थिइन् । विमानस्थलबाट सिधै नर्भिक पुगेकी उनी त्यहाँ पुगेपछि भावविह्वल बनेकी थिइन् । यस्तै रेनुकी बहिनीसमेत रहेकी गंगा पनि उस्तै भावविह्वल बनिन् । आमाको पार्थिव..

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

२७ असार, काठमाण्डौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बुधबार बिहान निधन भएको हो । लामो समय पार्किन्सनसम्बन्धी रोगबाट ग्रसित सीता दाहालको विभिन्न अस्पतालमा उपचार भएको थियो । तर, स्वास्थ्यमा उनको थप जतिलताहरु आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो । सीतालाई उपचारका लागि भारतदेखि सिंगापुर र अमेरिकासम्म लगिएको थियो । यस्तै देशभित्रै पनि आयुर्वेदिकदेखि विभिन्न उपचारको प्रयास..

ललिता निवास प्रकरणः मीनबहादुरको बयान ‘‘मैले जग्गा किनेको हो, गल्ती गरेको छैन ।’’

२६ असार, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध ‘संगठित सरकारी छाप र लिखत किर्ते’ मुद्दा चलाएको छ । ब्यूरोका अधिकृतहरूले गुरुङमाथि दुईवटा विषयमा अनुसन्धान गरिरहेका छन् । सिआईबीको मुद्दा नम्बर-२४ अन्तर्गत ‘जग्गा फिर्ता’ र मुद्दा नम्बर-२७ अन्तर्गत ‘निवास परिसर विस्तार सट्टापट्टा र सोधभर्ना’ सम्बन्धी कसुरमा उनी संलग्न छन् । करिब १३७..

कोशी प्रदेश नयाँ सरकार गठनका लागि सत्तागठबन्धनको बैठक बस्दै

१८ असार, काठमाण्डौँ । सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । कांग्रेस स्रोतका अनुसार आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको बताईएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२)..

ताप्लेजुङ सिदिङ्वाका बाढी–पहिरो पिडितका लागि सहयोगमा जुट्न युवाहरुको अपिल

१८ असार, ताप्लेजुङ । अविरल बर्षाका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विभिन्न स्थानमा गएको वाढी र पहिरोका पिडितहरुकालागी सहयोग जुट्ने क्रम जारी रहेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका ३ सारताप मा.वि.का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनसिंह नेम्वाङको संयोकत्वमा विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट रु १४ हजार ५४० रुपौँया जुटाएर सहयोग गरिएको छ । समृद्ध सिदिङ्वा नागरिक एकता समाज संगको सहकार्यमा युवाहरुले विपद सहयोग अभियान सिदिङ्वा परिवार बनाएर वाढी र पहिरो पिडितहरुका..

केन्द्रीय कारागार भित्र बालकृष्ण खाणको दैनिकी ‘के गर्नु यस्तै लेख्या रैछ !’

५ असार, काठमाण्डौँ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् । केन्द्रीय कारागार, सुन्धाराको एउटा कोठामा खाँणसहित ६ जना बन्दी छन् । सोही कोठामा पूर्वऊर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी पनि छन् । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको..

सशस्त्र प्रहरीमा मौलाउँदै आत्महत्याको घटना, जागिर छाड्नेहरूको सङ्ख्या पनि बढ्दै

५ असार, काठमाण्डौँ । असार १ मा सशस्त्र प्रहरी गण नम्बर–१६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मी झुन्डिएको अवस्थामा भेटिए । गण नम्बर–१६ स्थित काभ्रेको कार्यालय भवनको छतको पिल्लरमा डोरी लगाएर उनी झुन्डिएका हुन् । नकर्मी २०६३ मा भर्ना भएका थिए । भर्ना भएको १६ वर्षसम्म उनी सहायक हवल्दार भन्दा माथि पुग्न सकेका थिएनन् । डिप्रेसनको औषधी खाने गरेका नकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिएको टिमले मनोपरामर्श पनि दिएको थियो..

कांग्रेस–एमाले मिलेर सरकार बनाउने तयारी, देउवा सकारात्मक

४ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किनेबित्तिकै एमालेसँग सहकार्य गर्ने तयारीमा छन् । उनी अहिले उपचारको क्रममा पत्नी डा. आरजु राणासहित सिंगापुरमा छन् । यो बीचमा एमाले नेतृत्वले माओवादीसँगको गठबन्धन तोडेर नयाँ रुपमा अघि बढ्न सभापति देउवालाई प्रस्ताव पठाएको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्दसहितको समाजवादी मोर्चा नेपाल घोषणा गरेकोमा कांग्रेस सभापति..