निर्वाचन आउन अब ६० दिन बाँकीः ७७ जिल्लामै निर्वाचन अधिकृत नियुक्त

५ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी..

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

५ असोज, काठमाढडौँ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले..

आगामी निर्वाचनमा दुई करोड मतदाताले मतदान गर्दै

१ असार, काठमाण्डौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो । आयोगका अनुसार सर्वाधिक मतदाता मोरङ र मनाङमा कम रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता..

झापाका दुई स्थानीय तहका भूमिहीन ९२ जनालाई जग्गाधनी प्रमाण पुर्जा बितरण

८ भाद्र, झापा । झापाका दुई स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु मध्ये ९२ जनालाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति झापाले गौरादह नगरपालिका–४ महारानी झोडाका ५० परिवार र बुद्धशान्ति गाउँपालिका–२ का ४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको आयोगका प्रमुख तिलक पाण्डेले जानकारी दिनुभयो । कनकाई नगरपालिका वडा नं. ८ कल्टुबारीका २३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरणको निर्णय भइसकेको पाण्डेको..

झापाको पूर्वी र उत्तर क्षेत्रमा अझै पनि जङ्गली हात्तीको त्रास, समस्या जस्ताको त्यस्तै

७ भाद्र, झापा । झापाको पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका..

नेता गिरिको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

५ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६..

झापाका स्थानिय तहहरुमा फोहर व्यवस्थापनको समस्या बढ्दै, समाधान खोज्दै जनप्रतिनिधीहरु

१ भाद्र, झापा । झापाका अधिकाश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको विषयमा मेचीनगर, विर्तामोड, अर्जुनधारा कन्काई नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच निक्कै लामो छलफल भएको छ ।..

पूर्वपश्चिम राजमार्ग काँकरभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पौष देखी काम सुरु हुने

२२ श्रावण, झापा। झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एकसय २० किलोमिटर पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ । आज मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार..

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

२२ श्रावण, काठमाण्डौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा श्रावण १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले..

झापामा एक वर्षको अवधिमा ३ सय १४ जनाले आत्महत्या गरे, १६ देखि २५ वर्षका धेरै

२० श्रावण, झापा । झापामा एक वर्षको अवधिमा ३ सय १४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार धेरै आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवा युवती रहेका बताईएको छ । आर्थिक वर्ष ०७८–७९ मा धेरै आत्महत्या गर्ने उमेर समूहमा १६–२५ वर्षका युवा युवती परेका छन् । सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ । यस्तै, १०–१५ वर्षका १५, २३–३५ वर्षका..