२५ जेष्ठ, इलाम । पहिचान पक्षधर कार्यकर्ताले एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना मगरलाई इलाममा आज मोबिल छर्केका छन् । पहिचान पक्षधर समुहले इलाम नगरपालिका ११ स्थित सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमणको प्रयास सहित मोविल छर्केका हुन् ।
यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुव्र्यवहार गरेका छन् । उपसभामुख दनुवार सवार गाडीलाई रोकेर पहिचान पक्षधर समुहले आक्रमणको प्रयास गरेका थिए ।
सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधबार मात्रै वार्ता समिति गठन गरेको थियो । तर प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई औपचारिक पत्र नाअएको संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिम बताउछन् । उनले भने, ‘संघर्ष समितिलाई छलफलको लागि कुनै आधिकारिक पत्र आएको छैन, मैदानमा थुप्रै पहिचाननादीहरु आन्दोलित छन् ।’