नेविसंघ झापाका अध्यक्ष सन्जय निरौलाद्धारा पीडित विद्यार्थीको क्षतिपूर्ति रकम गायब

नेविसंघ झापाका अध्यक्ष सन्जय निरौलाद्धारा पीडित विद्यार्थीको क्षतिपूर्ति रकम गायब


२३ जेष्ठ, झापा । झापाको इन्द्रचन्द्र क्याम्पसमा नेवि संघका विद्यार्थी नेताले विद्यार्थीले पाउनु पर्ने रकम लिएर नदिएको पाईएको छ । क्याम्पसका कर्मचारीको लापरवाहीका कारण बिद्यार्थी भानु खड्काको परिक्षा फारम छुट्दा क्याम्पसले क्षतीपुर्ती स्वरुप उनलाई उपलब्ध गराएको एक लाख रुपैँया रकम झापा जिल्ला नेबि संघका अध्यक्ष सन्जय निरौलाले लिएर पिडित विद्यार्थीलाई नदिएको कुरो बाहिरिएको हो ।

२०७६ सालमा इन्द्रचन्द्र क्याम्पसमा भर्ना भएका बिद्यार्थी भानु खड्का अहिले प्रथम बर्षमा अध्यन गर्दै छन् । क्याम्पसका कर्मचारीको लापरवाहीका कारण ४/५ वर्षसम्म एकै कक्षामा अध्यन गरिरहेका छन् उनी । कर्मचारीको लापरबाहीले  परिक्षा फारम नै छुटाइदिएको उनको दुई वर्ष पछी नतिजा प्रकाशन हुदासम्म कुनै जानकारी दिइएन र भ्रम सिर्जना गरि अल्मल्याइरह्यो । उक्त नतिजा प्रकाशन पछि उनलाई हामी नतिजा निकालिदिन्छौँ  भनी प्रसासनले १५ दिन, ७ दिन र ३ दिन गरि २५ दिनसम्म पख्र्याएर राख्यो तर नतिजा भने आएन । क्याम्पसबाट नक्कली प्रवेश पत्र बनाइ परीक्षामा सामेल भएका उनी क्याम्पसको षणयन्त्रमा परे ।

त्यस पश्चात विभिन्न संघ संगठनको आन्दोलन पश्चात पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिने तथा विभिन्न सम्झौता गरि छानविन समिती बनाइ उचित क्षतिपूर्ति दिने भनेर क्षतिपूर्ति समितीले निर्णयगरि क्याम्पसबाट रु १००,०००/– रुपैँया दिने, क्याम्पसका कर्मचारीले गल्ती गरेको कारण पिडितलाई जागिर दिने, स्नातकोत्तरसम्म निशुल्क अध्यन गराउने जस्ता कुरा क्याम्पसले निर्णय गराएको थियो । त्यस समझदारी भए अनुरुपको रकम पिडित व्यक्तीका प्रतिनिधि पात्र झापा जिल्ला नेबि संघ अध्यक्ष सन्जय निरौलाले उक्त रकम बमोजिमको चेक रिसिभ गरि रकम भुक्तानी लिइसकेको धेरै दिन भइ सक्दापनि आजसम्म पीडितले क्षतिपूर्ति नपाएको पिडित पक्षको गुनासो छ ।

उक्त चेक लिने व्यक्तीले राजनितिक पदको दुरुपयोग गर्दै आएको पीडित पक्ष को दाबी छ । पिडितले आजसम्म पनि क्षतिपूर्ति पाएका छैनन् । यस विषयमा नेविसंघका झापा जिल्ला अध्यक्ष सन्जय निरौलालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया:

सम्बन्धित खवर