समाचार
भारी वर्षाका कारण पूर्वी पहाडी जिल्लामा ठूलो क्षतिः २५ जना बेपत्ता
३ असार, इलाम । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा..
नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्धारा पदभार ग्रहण
१ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । कार्की नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले कार्कीलाई आज नै प्रधानन्यायाधीश नियुक्त गरेका थिए । संयोगवश वर्तमान राष्ट्रपति पौडेललाई शपथ खुवाएका कार्कीलाई अहिले राष्ट्रपति पौडेलले कार्कीलाई शपथ खुवाएका हुन् । संविधान अनुसार राष्ट्रपतिको शपथ ग्रहण प्रधानन्यायाधीशबाट..
पूर्वगृहमन्त्री खाँणलाई जेल पुर्याउने ५ प्रमाण
१ असार, काठमाण्डौँ । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । २७ चैतमा पक्राउ परेका कांग्रेस नेता समेत रहेका खाँणले कहिल्यै अभियोग स्वीकार गरेनन् । सरकारी वकिलको कार्यालय र अदालतमा पनि उनले इन्कारी बयान दिएका थिए । शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि पनि उनले आफू यो घटनामा सामेल नै नभएको जिकिर गरेका छन् । तर..
बजेटअघि विश्वासको मत लिन मुख्यमन्त्री कार्कीलाई राजेन्द्र राईको आग्रह
३१ जेष्ठ, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन् । आज प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन आग्रह गरेका हुन् । कोशी प्रदश सरकारले बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र असार १ गते बजेट ल्याउनुपर्नेछ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका..
मनसुन नेपाल भित्रियो
३१ जेष्ठ, काठमाण्डौँ । यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । तर यो वर्ष जुन १४ अर्थात जेठ ३१ गते देशका कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा..
पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार लागी परेको गृहमन्त्रीको आशय
२६ जेष्ठ, काठमाण्डौँ । पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार पनि लागी परेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले आशय ब्यक्त गरेको छन् । केन्द्र सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको उनले बताएका छ । नेकपा एमालेले पहिचानको नाममा नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो । त्यसक्रममा जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक गतिविधिलाई सरकारले छुट नदिने बताए..
यथास्थितिमा बजेट पास हुन दिदैनौँः समाजवादी उपाध्यक्ष पाण्डे
२६ जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् । पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने चेतावनी दिएका हुन् । उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०÷७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्टाइएको..
इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण
२५ जेष्ठ, काठमाण्डौँ । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराएकी हुन् । आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरीले..
उपसभामुख र आफ्नो उपनेतालाई गरेको दुव्र्यवहार प्रती एमालेद्धारा निन्दा
२५ जेष्ठ, इलाम । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पहिचान पक्षधरले आफ्नो उपसभामुख र उपनेतालाई गरेको दुव्र्यवहार प्रती निन्दा गरेका छन् । आफ्ना दलका उपनेता राम राना मगर र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुव्र्यवहारको प्रति निन्दा भएको दलको तर्फबाट प्रतिक्रिया दिँदै कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् । सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना..
प्रदेश उपसभामुख दनुवार र पुर्वमन्त्री मगर माथी पहिचान पक्षधर समुहद्धारा आक्रमणको प्रयास
२५ जेष्ठ, इलाम । पहिचान पक्षधर कार्यकर्ताले एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना मगरलाई इलाममा आज मोबिल छर्केका छन् । पहिचान पक्षधर समुहले इलाम नगरपालिका ११ स्थित सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमणको प्रयास सहित मोविल छर्केका हुन् । यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुव्र्यवहार गरेका छन् । उपसभामुख दनुवार सवार गाडीलाई रोकेर पहिचान पक्षधर समुहले आक्रमणको प्रयास गरेका थिए..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७