उच्च अदालतका नवनियुक्त ६ जना मुख्य न्यायाधीशद्धरा आज शपथ ग्रहण

७ मंसिर, काठमाण्डौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो । उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए..

आफ्नै वडासदस्यलाई जातीय विभेद गर्ने वडाध्यक्षलाई दोब्बर कैद र जरिवाना फैसला

७ मंसिर, कास्की । आफ्नै वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले ३ महिना कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ । आफूमाथि विभेद गरेको भन्दै वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दिएकी थिइन् । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८अनुसार ३ महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना..

युवा संघको बाईक र्यालीमाथी राजाबादीहरुले लुकेर डाडाबाट ढुङ्गा हानेः क्षितिज थेवे

७ मंसिर, काठमाण्डौँ । युवासंघ नेपालका अध्यक्ष क्षितिज थेवेले बल्खुमा युवा संघको बाईक र्यालीमाथी राजाबादीहरुले लुकेर डाडाबाट ढुङ्गा हानेको बताएका छन् । आफुहरु शान्तीपुर्ण राजनितिक शक्ति भएको भन्दै हिंसाको स्थिती रोक्न सरकार संग उनले आग्रह गरेका छन् । फरक रुट बनाएर प्रहरीले आन्दोलनलाई स्कटीङ गर्नुपर्नेमा एक आपसमा भिडलाई जुधाएर सरकारको नियतनै भिडाउन चाहेको होकी भन्ने लागेको उनले बताए । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा..

युवासंघको बाईक र्यालीमाथी दुर्गा प्रसाईको कार्यकर्ताद्धारा ढुंगामुढा प्रहार

७ मंसिर, काठमाण्डौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति..

सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजिनामा स्वीकृत

७ मंसिर, काठमाण्डौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको राजिनामा स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि..

झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार..

धनकुटामा एकै परिवारका ३ जना मृत फेला

७ मंसिर, धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२..

सर्वाधिक कर तिर्ने करदाता सम्मानित, बढी आयकर तिर्ने संस्था नेपाल टेलिकम

७ मंसिर, काठमाण्डौँ । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सबैभन्दा बढी आयकर तिरेर नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ..

सन्दकपुरको पर्यटन प्रवद्र्धनको बिषयमा अन्र्तसम्बाद कार्यक्रम सम्पन्न

६ मंसिर, इलाम । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनका बिषयमा नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति र सन्दकपुर गाउँपालिकाबिच अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र पर्यटनका माध्यमबाट सन्दकपुरबासीको आयआर्जन गर्ने बिषयमा अन्तरक्रिया सम्पन्न भएको सन्दकपुर २ का वडाध्यक्ष सनम राईले बताए । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादूर लुङ्गेली, वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा,..

दुधजन्य उत्पादन दोस्रो देश निकासी नहुदा इलामका व्यवसायीहरु समस्यामा

५ मंसिर, इलाम । चाडपर्वका समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु समस्यामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीहरुले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढंगले नौनी घिउ र चीजको मागनै नआउँदा समस्या भएको बताएका छन् । जिल्लामा अहिले करिव डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरि घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका..