टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट दर्ता

४ मंसिर, काठमाण्डौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वाेच्च अदालतमा अर्काे पनि रिट दर्ता भएको छ । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् । रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ । त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि..

झापामा आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

४ मंसिर, झापा । झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारीका ४१ बर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गए राति अकस्मात खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती,..

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध आज सर्वाेच्चमा सुनुवाइ नहुने

४ मंसिर, काठमाण्डौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वाेच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालतका एक अधिकारीले जानकारी दिए । २७..

छठ पर्वका लागि दमकमा तीन सय घाट निर्माण

३ मंसिर, झापा । छठ पर्वका लागि दमकमा यसवर्ष करिव तीन सय पूजास्थल घाट निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष झापामा दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा..

मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाई आमनेसामने हुदैँ

३ मंसिर, काठमाण्डौँ । कुनैवेला आँफैले पार्टीको केन्द्रीय सदस्य नियुक्त गरेका दुर्गा प्रसाईं अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि टाउको दुखाई बनेका छन् । पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न चाहेका प्रसाईं पार्टीको नेतृत्व पँक्तिबाट नै विरोध भएपछि उनी सफल भएनन् । तर, महाधिवेशन सम्पन्न भएको महिना दिन बित्न नपाउँदै अध्यक्ष ओलीले प्रसाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । एमालेको केन्द्रीय सदस्य बनेका प्रसाईंले अध्यक्ष ओलीको गुणगान निकै गाए..

भूकम्प प्रभावितहरूको पुननिर्माणमा सहयोग गर्न एमालेको स्वयंसेवक टोली कर्णालीतर्फ

३ मंसिर, काठमाण्डौँ । भूकम्प प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली काठमाडौंबाट कर्णालीतर्फ लागेको छ । कात्तिक १७ को जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घरबारविहीन नागरिकको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न आइतबार पार्टीको स्वयंसेवक दस्ता त्यसतर्फ प्रस्थान गरेको हो । केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले निर्माण सामग्री हस्तान्तरण गरी बिदाई गरेका थिए..

महेश बस्नेतको चेतावनीः युवा संघ र अखिल के हो ? ७ गते देखाईदिन्छौँ

३ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन् । भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उनको भनाइ छ । अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए । ‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं । हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको..

भूकम्पपछिको उद्धार, राहत र पुर्नस्थापनाका लागि १५ करोड आर्थिक सहयोग

३ मंसिर, काठमाण्डौँ । गत कात्र्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनस्र्थापनाका..

अस्थिरता पैदा गर्ने शक्ति विरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छः माधव नेपाल

२ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए..

दुर्गा प्रसाईंको प्रदर्शनले काठमाडौं फोहोर मात्र हुन्छः एमाले अध्यक्ष ओली

२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए । नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध..