समाचार
युवासंघको बाईक र्यालीमाथी दुर्गा प्रसाईको कार्यकर्ताद्धारा ढुंगामुढा प्रहार
७ मंसिर, काठमाण्डौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति..
सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजिनामा स्वीकृत
७ मंसिर, काठमाण्डौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको राजिनामा स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि..
झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ
७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार..
धनकुटामा एकै परिवारका ३ जना मृत फेला
७ मंसिर, धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२..
सर्वाधिक कर तिर्ने करदाता सम्मानित, बढी आयकर तिर्ने संस्था नेपाल टेलिकम
७ मंसिर, काठमाण्डौँ । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सबैभन्दा बढी आयकर तिरेर नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ..
सन्दकपुरको पर्यटन प्रवद्र्धनको बिषयमा अन्र्तसम्बाद कार्यक्रम सम्पन्न
६ मंसिर, इलाम । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनका बिषयमा नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति र सन्दकपुर गाउँपालिकाबिच अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र पर्यटनका माध्यमबाट सन्दकपुरबासीको आयआर्जन गर्ने बिषयमा अन्तरक्रिया सम्पन्न भएको सन्दकपुर २ का वडाध्यक्ष सनम राईले बताए । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादूर लुङ्गेली, वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा,..
दुधजन्य उत्पादन दोस्रो देश निकासी नहुदा इलामका व्यवसायीहरु समस्यामा
५ मंसिर, इलाम । चाडपर्वका समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु समस्यामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीहरुले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढंगले नौनी घिउ र चीजको मागनै नआउँदा समस्या भएको बताएका छन् । जिल्लामा अहिले करिव डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरि घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका..
सर्वाेच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस
५ मंसिर, काठमाण्डौँ । न्याय परिषद्ले सर्वाेच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले ६ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो । मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो । अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश..
टिकटक प्रतिबन्ध लगाउने निर्णय बारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
५ मंसिर, काठमाण्डौँ । सर्वाेच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । २७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वाेच्च अदालतमा १० भन्दा बढी रिट परेको..
प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’
४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७