कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैनः उपसभामुख मगर

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैनः उपसभामुख मगर

२५ मंसिर, काठमाण्डौँ । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छिन् ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनको भनाइ थियो ।

‘सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ’, उपसभामुख रानामगरले भनिन् ।

महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले जोड दिइन् ।

उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्‍याउन सबैको साथ चाहिने बताइन् । महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्ने बताइन् ।

महिला अधिकारका लागि राष्ट्रिय अभियानकी अध्यक्ष सरिता घिमिरेका अनुसार सम्मेलनमा ४२ जिल्लाका महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् । विसं २०६२ देखि सञ्चालित उक्त संस्थामा हाल ५० हजार महिला आबद्ध रहेका उनले बताइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270