समाचार
काँकडभिट्टा नाकाबाट तीन महिनामा निर्यात भन्दा पाँच गुणा धेरै तरकारी आयात
११ मंसिर, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२..
कोशी प्रदेशमा आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित
१० मंसिर, विराटनगर । कोशी प्रदेशसभाको आज आइतबार बसेको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । सोमबारदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ । हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले गत भदौ २३ गते ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि वर्तमान..
इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला सुरु
१० मंसिर, इलाम । इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्र्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला आजबाट सुरु भएको हो । मेलाको पहिलो दिन आज बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल सुरु छ । धाम आसपासमा अस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल..
माईमा एमालेको सम्मान कार्यक्रम सम्पन्नः ८ सय ६३ जना ज्येष्ठ नागरीक सम्मानित
१० मंसिर, इलाम । नेकपा एमाले माई नगर कमिटीले देउसी भैलो तथा विभिन्न चाड पर्बको शुभकामना आदन प्रदान तथा जागरण सम्मान कार्यक्रम एवंम माई नगर कमिटी कार्यालय निर्माण अभियानको आज समापन गरेको छ । समापन कार्यक्रमका अबसरमा ज्येष्ठ नागरिक सम्मान, जग्गादाता सम्मान, खेलाडी सम्मान सहित शुभकामना आदन–प्रदान गरिएको हो । गत कार्तिक २६ गते देखि माई नगरका वडा वडामा देउसी कार्यक्रम सहित ज्येष्ठ सम्मान कार्यक्रम सन्चालन गरिएको थियो । सम्मान..
सूर्याेदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि मानहुँकोटका होटल खचाखच
१० मंसिर, तनहुँ । सूर्याेदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्याेदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको..
सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने
१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् । लगानी सम्मेलन आयोजना गर्नका लागि..
सन्दकपुरको माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु
९ मङसिर, इलाम । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुर ४ को माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु भएको छ । स्वास्थ्य चौकीको प्रदेश प्रमुख परशुराम खापुङले सिलान्यस गरेका थिए । सन्दकपुर गाउँपालिका अध्यक्ष, तुलाराम गुरुङको अध्यक्षतामा भएको भवन सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ, वडानम्बर २ का अध्यक्ष सनम राइ, कार्यपालिका सदस्य नरमाया थेवे, छत्र दियाली लगायतको उपस्थिति रहेको थियो । रु..
लायन्स क्लबको सक्रियतामा १५० जना नेत्रहिनहरुलाई खाना
दमक । झापाको दमकमा सम्पन्न झापा नेत्रहिन संघको छैठौं जिल्ला अधिवेशनमा दमकका चार वटा लायन्स क्लबहरुले संयुक्त रुपमा एक सय ५० जना बढि अधिवेशनमा सहभागिहरुलाई खाना वितरण गरेका थिए । दमकको मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न अधिवेशनमा सहभागिहरुका लागि खानाको व्यवस्था गरी खाना वितरण गरेका थिए । लायन्स क्लब अफ दमक स्वीटसिटि, लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक डाइनामिक, लायन्स क्लब अफ दमक गरिमा, लियो क्लब अफ दमक..
इलामको पाटेनागीमा भेटियो दुर्लभ चस्मे उलुक
९ मंसिर, इलाम । इलाममा दुर्लभ चस्मे उलुक (ब्राउन उड उल) फेला परेको छ । इलाम नगरपालिका–३, पाटेनागीमा दुर्लभ चस्मे उलुक फेला परेको हो । वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् । इलामबाट पाटेनागीको मुख्य पर्यटकीय क्षेत्र जाने बाटैमा खरेलले यो चराको तस्बिर खिचेका हुन् । उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् ।..
चुलाचुलीमा एमालेको चियापान कार्यक्रम सम्पन्नः उपनिर्वाचनमा एमाले पंति एक भएर लाग्न सन्देश
९ मंसिर, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीले आज कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । स्वर्गिय एमाले नेता सुवासचन्द्र नेम्वाङ्को निर्वाचन क्षेत्र रहेको चुलाचुलीमा उपनिर्वाचन लक्षित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । केही समय आगाडी नै गर्ने भनिएको कार्यक्रम विविध कारण हुन सकेको थिए । त्यसलाई समय मिलाएर आज..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७