तस्करीको आशंकामा ४७ केजी चाँदीसहित तीन जना पक्राउ

२३ पौष, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४७ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । तस्करीको चाँदी भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ रहेका छन् । बरामद चाँदीको विलविजकहरु नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । विभिन्न ठाउँबाट उक्त चाँदी बरामद गरिएको हो ।

‘नेक’बाट उत्तिर्ण १९२ जना विद्यार्थीको विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जोड

२३ पौष, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् । विदाई कार्यक्रममा बोल्दै..

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा ५२ जनाको उम्मेदवारी दर्ता

२३ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा मनोनयन दर्ता भएको छ । विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको समयमा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सो अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।..

लघुचलचित्र ‘पाउलो’ सडक बालकको संघर्ष र जुत्ताको जीवनकथा

२३ पौष, काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक..

उर्लाबारी–३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, खेलाउनेलाई ५ रुपौँया जरिवाना

२३ पौष,  मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर–३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुव्र्यसनमा फसाउन सघाउ पुगेको दाबी गरे । वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए । सार्वजनिक..

बंगलादेश निर्वाचनः विवादका बीच शेख हसिना चौथो पटक विजयी

२३ पौष, काठमाण्डौँ । प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी छिन् । द डेली स्टारका अनुसार हसिनाको अवामी लिगले २२३ सिटमा जित हात पारेको छ । आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको थियो । बंगलादेशी जातीय संसद्मा ३५० सांसद हुन्छन् । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ । नवगाउँ–२ मा भने स्वतन्त्र उम्मेदवारको मृत्यु भएकाले चुनाव..

सीके राउतको जनमतले राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गर्यो

२३ पौष, धनुषा । सत्ता गठबन्धनमै सामेल डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गरेको छ । जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् । प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् । सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् । जनमतले सत्ता गठबन्धनको भागबन्डामा एक..

बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छः प्रधानमन्त्री प्रचण्ड

२३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताए । ‘संसदीय समिति र अख्तियारको निर्देशन पनि..

जंगली हात्तीको हुल चुरे पहाडतर्फ उक्लिन थाल्यो, स्थानिय त्रसित

२३ पौष, झापा । पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् । मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए । ‘पहाडमा हात्ती नै देखिँदैन थियो । लामा-लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा..

पहिचानको मुद्दाले कोशीमा मानव अधिकार हननका घटना बढेको इन्सेकको प्रतिवेदन

१८ पौष, काठमाडौं । सन् २०२३ मा मानव अधिकार हननसम्बन्धी घटना संख्यात्मक रुपमा बढेको मानव अधिकारवादी संस्था (इन्सेक) ले जनाएको छ । ‘मानव अधिकार वर्ष, २०२३’ को समीक्षा गर्दै (इन्सेक)ले गएको वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जानकारी दिएको हो । हिजो ताप्लेजुङमा समीक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले मानव अधिकारको अवस्थाबारे विश्लेषण गरेको थियो । सो क्रममा इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनमा सन्..